नियम ७२
उडान समयमा वायुयानमा राख्न नहुने व्यक्ति
महानिर्देशकले अन्यथा आदेश दिएकोमा बाहेक देहाय बमोजिमका व्यक्तिहरुलाई जानी जानी वायुयानमा राखी कसैले पनि वायुयान उडान गर्न हुँदैनस
(क) मानसिक स्थिति ठिक नभई होस ठेगानमा नभएको वा बहुलाएको,
(ख) प्रचलित कानून बमोजिम कैदको सजाय भोगीरहेको व्यक्ति,
(ग) गम्भिर प्रकृतिको फौज्दारी अभियोगमा पूर्पक्षको लागि थुनामा रहेको ब्यक्ति ।